एआईजी ईश्वर कार्की र टोखा नगरपालिकाका मेयर बीच सि.सि.टि.भि. जडान गर्न समझदारी-पत्रमा हस्ताक्षर

624
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की र टोखा नगरपालिकाका मेयर बीच सि.सि.टि.भि. जडान गर्न समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्की र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी बीच सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो ।