सिडियो उमेश ढकालको प्रमुख आतिथ्यतामा “जल उद्धार अभ्यास ” २०८३” सम्पन्न

793
shares

भक्तपुर । प्रमुख जिल्ला अधिकारी (सिडियो) उमेश ढकालको प्रमुख आतिथ्यतामा “जल उद्धार अभ्यास ” २०८३” समापन भएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा तथा RNA 16 को सहकार्यमा संचालन गरिएको ४ दिने “जल उद्धार अभ्यास – २०८३” समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको प्रमुख आतिथ्यता तथा भक्तपुरका एसपी सूर्य खड्काको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिबाट उक्त जल उद्धार अभ्यासमा सहभागी ६० जना प्रहरी कर्मचारीहरुलाई जल उद्धार सम्बन्धि नीति निर्देशन दिनुका साथै प्रशिक्षक RNA16 का अरुण सैंजुलाई जल उत्पन्न विपद् तथा प्राकृतिक प्रकोपको प्रतिकार्यको सिप ज्ञान प्रदान गरिदिनु भएकोमा हार्दिक धन्यवाद सहित प्रशंसा-पत्र द्धारा सम्पन गरी कार्यक्रम समापन गरिएको हाे।


unigloble collage
baneshwor multiple campus ad -2083