एसएसपी दिलिप घिमिरेद्वारा प्रहरी वृत्त स्वयम्भुकाे निरीक्षण

585
shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरे नेतृत्वको निरीक्षण टोलीले आज प्रहरी वृत्तको निरीक्षण तथा अनुगमन गरेको छ ।

वृत्तअन्तर्गत रहेका विभिन्न शाखा/फाँट तथा निर्माणाधीन भवनको स्थलगत निरीक्षण गर्नुका साथै कार्यालयको समग्र अवस्था, सेवा प्रवाह र प्रशासनिक गतिविधिबारे जानकारी लिएको थियो ।

निरीक्षण पश्चात् एसएसपी घिमिरेले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक नीति निर्देशन दिँदै प्रहरी सेवामा अनुशासन, जिम्मेवारी, नागरिकमैत्री व्यवहार र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी कर्मचारीहरूको कार्यसम्पादन, कार्यालय व्यवस्थापन तथा शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । निरीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083