सिद्धार्थनगर, रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका एक भव्य समारोहका बीच ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पूर्ण खोप सुनिश्चितता दिगोपना’ भएको स्थानीय तह घोषणा भएको छ। नगरपालिकाको आयोजना तथा नगर कार्यपालिकाको कार्यालयको व्यवस्थापनमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।कार्यक्रम जिल्ला समन्वय समिति रूपन्देहीका संयोजक उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानको अध्यक्षतामा सम्पन्न भएको थियो।वडाध्यक्षहरू र स्वयंसेविकाहरू सम्मानितयस ऐतिहासिक सफलताको अवसरमा सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १ देखि १३ सम्मका सम्पूर्ण वडाध्यक्षहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो। नगरका सबै वडाहरूमा उत्कृष्ट समन्वय र नेतृत्वदायी भूमिका निर्वाह गरे बापत उहाँहरूलाई कदर-पत्र प्रदान गरियो।कार्यक्रममा नगरभित्र खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरू (FCHVs) लाई भव्य रूपमा सम्मानित गरियो। समाजको तल्लो तहसम्म पुगेर स्वास्थ्य सेवा, जनचेतना र खोप अभियानलाई शतप्रतिशत सफल बनाउन अहोरात्र खटिएका उनीहरूलाई मञ्चमा सम्मान गर्दा कार्यक्रमको हल तालीले गुञ्जायमान भएको थियो।
“सबैभन्दा ठूलो हात महिला स्वास्थ्य स्वयंसेविकाहरूको छ” नगर प्रमुखकार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख इश्तियाक अहमद खानले नगरले हासिल गरेको यो स्वास्थ्य क्षेत्रको राष्ट्रिय स्तरको उपलब्धिमा सबैभन्दा ठूलो हात महिला स्वास्थ्य स्वयंसेविकाहरूको रहेको स्पष्ट रूपमा स्वीकार गर्नुभयो। नगर प्रमुख खानले भन्नुभयो, “हाम्रा दिदीबहिनीहरू घाम, पानी, र आँधीहुरी नमनी प्रत्यक घर-दैलोमा पुगेर बालबालिकालाई खोप र गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन सारथी नबनेको भए आज सिद्धार्थनगर देशकै अगाडि यसरी शिर ठाडो पार्न सक्ने थिएन। यो घोषणा र गौरवको वास्तविक हकदार उहाँहरू नै हुनुहुन्छ।” उहाँले स्वयंसेविकाहरूको प्रोत्साहनका लागि आगामी बजेटमा सेवा सुविधा थप बढाउने घोषणा समेत गर्नुभयो।प्रमुख अतिथि तथा उपप्रमुखको मन्तव्यकार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईंले सिद्धार्थनगरले हासिल गरेको उपलब्धि र विशेष गरी महिला स्वयंसेविकाहरूको अथक योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो।
त्यस्तै, नगर उपप्रमुख उमा अधिकारीले वडा नम्बर १ देखि १३ सम्मका जनप्रतिनिधिहरू र स्वास्थ्य स्वयंसेविकाहरूको संयुक्त प्रयासकै कारण आज नगर सुरक्षित मातृत्व र बालबालिकाको अधिकार सुनिश्चित गर्ने दिशामा सफल भएको उल्लेख गर्नुभयो।सरोकारवालाहरूको उपस्थितिकार्यक्रममा भीम अस्पतालका मेसु डा. बरषा थापा, जिल्ला जनस्वास्थ्य प्रमुख, तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतको विशिष्ट उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृतले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र स्वयंसेविकाहरूको अथक लगनशीलताका लागि धन्यवाद ज्ञापन गर्नुभयो।”पूर्ण स्वास्थ्यका साथै सबै स्वास्थ्य सूचकहरूको दीगोपन आजको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको व्यवस्थापन निकै भव्य रहेको थियो।



































