मदन भण्डारी मेमोरियल कलेजको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०८३ जेठ २९ शुक्रवार २१:५७
shares

काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले आज आफ्नो २५ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व संस्कृति तथा पर्यटन मन्त्री तथा बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ , कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी लगायत कलेज परिवार, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले शिक्षा राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले कलेजको २५ वर्षे शैक्षिक यात्राका उपलब्धि, वर्तमान अवस्था तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गर्नुभयो ।

सभामा कलेजको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा भावी शैक्षिक कार्यक्रमहरूबारे छलफल गरिएको थियो । सहभागीहरूले मदन भण्डारी मेमोरियल कलेजले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।
कलेजले आगामी दिनमा समयसापेक्ष, गुणस्तरीय र विद्यार्थी केन्द्रित शिक्षा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।































