राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान

299
shares

२ असार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।

अख्तियार स्रोतका अनुसार ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनियमितताको आरोपमा भइरहेको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। उक्त प्रकरणमा व्यवसायी सिद्धार्थ थापासमेत जोडिएको बताइएको छ।

स्रोतका अनुसार यस प्रकरणमा अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ। उनीहरू हाल सुरक्षा निगरानीमा रहेका छन्।

ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई अतिरिक्त आर्थिक भार पारेको आरोप लाग्दै आएको थियो। प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया अवलम्बन नगरी पुरानै आपूर्तिकर्तासँग सम्झौता थपिएको तथा त्यसबाट राज्यलाई आर्थिक नोक्सानी पुगेको विषय लामो समयदेखि विवादमा रहेको थियो।

अख्तियारले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानको निष्कर्षपछि थप कानुनी प्रक्रिया अघि बढाइने आयोग स्रोतले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083