काठमाडौ जिल्ला प्रहरी परिसरबाट बिदा भए प्रहरी उपरीक्षक पवन कुमार भट्टराई

विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

390
shares

काठमाडौ । प्रहरी उपरीक्षक पवन कुमार भट्टराईलाई विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०८३।०४।१३ गतेको पत्र आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंबाट काज सरुवा भई जिल्ला प्रहरी कार्यालय पर्सामा जान लाग्नु भएका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईज्यूलाई सम्मानपूर्वक विदाई तथा “फेरी भेटौंला” कार्यक्रम सम्पन्न गरिएको छ।

आयोजित कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुखसहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रहरी उपरीक्षक भट्टराईले काठमाडौंमा कार्यरत रहँदा संगठनको व्यावसायिक सुदृढीकरण, शान्ति सुरक्षा कायम तथा प्रभावकारी प्रहरी सेवामा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रहरी उपरीक्षक भट्टराईले समेत काठमाडौंमा कार्यरत रहँदा प्राप्त साथ, सहयोग र समन्वयप्रति सबैप्रति हार्दिक आभार व्यक्त गर्दै पर्सामा समेत व्यावसायिक, निष्पक्ष र जनमुखी प्रहरी सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


divya collage
unigloble collage