एआईजी राजन अधिकारीद्वारा सरुवा भएका डिएसपी सूर्य बोगटीलाई सम्मानसहित विदाई

1K
shares

काठमाडौं ।  राष्ट्रिय प्रहरी प्रतिष्ठानबाट वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यालय प्रमुखका रूपमा काजसरुवा हुनुभएका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीको सम्मानमा आज राष्ट्रिय प्रहरी प्रतिष्ठानमा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले डिएसपी बोगटीलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्दै नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गर्नुभयो।

सो अवसरमा प्रतिष्ठानका अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डिएसपी बोगटीले प्रतिष्ठानमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए।


divya collage
unigloble collage