आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘Training Program on International Rules and Standards in Police Operations’ शुभारम्भ

364
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘Training Program on International Rules and Standards in Police Operations’ शुभारम्भ भएको छ।

नेपाल प्रहरी र International Committee of the Red Cross (ICRC) को संयुक्त आयोजनामा सञ्चालन गरिएको दुईदिने “Training Program on International Rules and Standards in Police Operations” कार्यक्रम प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे।

कार्यक्रमको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय नियम, मान्यता तथा मानवअधिकारका सिद्धान्तअनुरूप प्रहरी कार्यसम्पादनलाई थप प्रभावकारी, व्यावसायिक र उत्तरदायी बनाउन यस्ता तालिमहरू महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले बदलिँदो सुरक्षा चुनौतीसँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रहरी क्षमताको अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

दुई दिनसम्म सञ्चालन हुने उक्त तालिममा अन्तर्राष्ट्रिय नियम तथा मापदण्डअनुसार प्रहरी सञ्चालन, मानवअधिकार संरक्षण, बल प्रयोगका सिद्धान्त, व्यावसायिक आचरण तथा अन्तर्राष्ट्रिय मानवीय कानुनसँग सम्बन्धित विविध विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिने कार्यक्रम रहेको छ।
नेपाल प्रहरी र ICRC बीचको सहकार्यमा आयोजित यस कार्यक्रमले प्रहरी संगठनको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसार नागरिकमैत्री र उत्तरदायी प्रहरी सेवा प्रवाहमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage