आईजीपी दान बहादुर कार्कीद्वारा बढुवा भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

403
shares

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच पदोन्नति भएका प्राविधिक प्रहरी समूहतर्फका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले पदोन्नतिसँगै जिम्मेवारी पनि थपिएको उल्लेख गर्दै संगठनप्रति उच्च निष्ठा, व्यावसायिकता, अनुशासन र इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो। उहाँले नागरिकमैत्री, पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्दै संगठनको गरिमा अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।


divya collage
unigloble collage