एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरीहरूसँग अन्तरक्रिया

507
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा संचालित “ट्राफिक नियन्त्रण तथा रेखा चित्रण (प्र.ज. देखि जु.प्र.अ.) तालिम दोस्रो समूह” को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा एआईजी राठौरले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै अनुशासन, जिम्मेवारी र सेवाभावका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले ट्राफिक प्रहरीको छवि उच्च भएमा सिङ्गो नेपाल प्रहरी संगठनकै प्रतिष्ठा र सान बढ्ने कुरामा जोड दिनुभयो।

उहाँले सडक सुरक्षा, सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी अझ सक्रिय र प्रविधिमैत्री हुनुपर्ने आवश्यकता औंल्याउँदै नागरिकसँगको व्यवहारमा शिष्टता र व्यावसायिकता कायम राख्न आग्रह गर्नुभयो।

कार्यक्रममा तालिममा सहभागी प्रहरी कर्मचारीहरूले आ–आफ्ना अनुभव तथा जिज्ञासा प्रस्तुत गरेका थिए। कार्यक्रममा ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage