बढुवा भएका ४ जना प्राविधिक एसपीको पदस्थापन
वि.सं.२०८३ साउन २१ बिहीवार २१:२२
182
shares
shares

काठमाडौँ । नेपाल प्रहरीले भर्खरै बढुवा भएका चार जना प्राविधिक प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले सञ्चारतर्फका तीन र सवारीतर्फका एक जना एसपीलाई नयाँ जिम्मेवारी दिएको हो।
यसैगरी, सञ्चारतर्फकै रामबाबु रानालाई काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानीपोखरीमा पठाइएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयमा थिए। अंशु कुमार सिंहको अनिवार्य अवकाशपछि कन्ट्रोल रुमको उक्त पद खाली थियो।
त्यस्तै, बागमती प्रदेश प्रहरी कार्यालय सञ्चार शाखा हेटौंडामा रहेका अभय कुमार झालाई प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय नक्साल ल्याइएको छ। कृष्ण बहादुर धितालको अनिवार्य अवकाशका कारण उक्त पद रिक्त थियो।
सवारी महाशाखातर्फ पनि एक जना एसपीको पदस्थापन भएको छ। सवारीतर्फ इन्जिनियरिङ उप–समूहका अनुप श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग सवारी महाशाखा नक्सालमै पदस्थापन गरिएको छ। ई. कमलेन्द्र लाल कर्णले राजीनामा दिएपछि खाली भएको ठाउँमा श्रेष्ठले जिम्मेवारी पाएका हुन्।
गृह मन्त्रालयले साउन १८ गते सचिवस्तरको निर्णय गर्दै उनीहरुलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरेको थियो।






















