आर्थिक वर्ष २०८२/०८३ को नेपाल प्रहरीको मुख्य कार्यप्रगति विवरण सार्वजनिक

1.25K
shares

काठमाडौ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) अबि नारायण काफ्लेज्यूले आर्थिक वर्ष २०८२/०८३ मा नेपाल प्रहरीबाट सम्पादित मुख्य कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत प्रवक्ता काफ्लेज्यूले आर्थिक वर्ष २०८२/०८३ मा संगठनले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकमैत्री प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, विपद् उद्धार तथा विभिन्न जनचेतनामूलक गतिविधिमा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो।

पत्रकार सम्मेलनमा नेपाल प्रहरीले वर्षभरि सम्पादन गरेका प्रमुख कार्यहरू, अपराध नियन्त्रण तथा अनुसन्धानमा भएका प्रगति, सुरक्षा व्यवस्थापन, नागरिक सेवा प्रवाह तथा संगठन सुदृढीकरणका गतिविधिबारे जानकारी गराइएको थियो।
प्रवक्ता काफ्लेज्यूले नेपाल प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी, व्यावसायिक र नागरिकमैत्री बनाउँदै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका क्षेत्रमा आगामी दिनमा समेत प्राथमिकताका साथ कार्य गरिने बताउनुभएको छ।


divya collage
unigloble collage