प्रहरी प्रभाग काँडाघारीको पुनर्निर्माण सम्पन्न, आईजीपी कार्कीद्वारा भवन हस्तान्तरण तथा उद्घाटन

962
shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी प्रभाग काँडाघारीको पुनर्निर्माण सम्पन्न भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त प्रहरी प्रभाग काँडाघारीको भवन स्थानीय तह, टोल सुधार समिति तथा विभिन्न संघ–संस्थाको सहयोगमा मर्मत तथा पुनर्निर्माण गरिएको हो।

 


कार्यक्रममा आईजीपी कार्कीले भवन पुनर्निर्माणका लागि महत्वपूर्ण योगदान पुर्‍याउने स्थानीय जनप्रतिनिधि, टोल सुधार समिति, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सहयोगी हातहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

भवन पुनर्निर्माणसँगै प्रहरी प्रभाग काँडाघारीबाट प्रदान हुँदै आएको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।


divya collage
unigloble collage