अनेमसंघ सिद्धार्थनगरको नगर सम्मेलन सम्पन्न, अनिता थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन

1.6K
shares

भैरहवा, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगर कमिटीको १३ औँ नगर सम्मेलन सिद्धार्थनगरमा भव्य रूपमा सम्पन्न भएको छ। होटल पिस लाइटमा आयोजित उक्त सम्मेलनको खुल्ला तथा बन्द सत्र नगर कमिटीका उपाध्यक्ष मञ्जु पाण्डेको अध्यक्षता तथा अनेमसंघ केन्द्रीय स्थायी कमिटी सदस्य एवं रुपन्देही इन्चार्ज जानु केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य राजेन्द्र पन्थी रहनुभएको थियो भने अतिथिका रूपमा अनेमसंघ स्थायी कमिटी सदस्य भावना कोइराला, party प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, उमा काफ्ले, पम्फावति खनाल, हितराज पन्थी र अनेमसंघ प्रदेश कमिटी उपाध्यक्ष ममता पौडेल लगायतको गरिमामय उपस्थिति रहेको थियो।सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट वक्ता एवं पार्टी जिल्ला कमिटी सचिवालय सदस्य, नगर उप-प्रमुख तथा पार्टी क्षेत्र नं. ३ का संयोजक उमा अधिकारीले महिलाहरू राजनीतिक र सामाजिक रूपमा नेतृत्वदायी भूमिकामा आउनु पर्नेमा जोड दिनुभयो। उप-प्रमुख अधिकारीले महिला सशक्तिकरण केवल नारामा मात्र सीमित हुन नहुने बताउँदै स्थानीय तहदेखि नै नीति निर्माण र नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन अनेमसंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो।

 

 

उहाँले सिद्धार्थनगर भित्रका महिलाहरूको आर्थिक, सामाजिक तथा कानुनी अधिकार रक्षाका लागि नगरपालिका सदैव प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो।यसैगरी सम्मेलनको बन्द सत्रले अनिता थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा सबिता रसाईली, सचिवमा शोभा काफ्ले, सह-सचिवमा कोपिला कुँवर र कोषाध्यक्षमा साधना निर्वाचित हुनुभएको छ।समितिको सदस्यहरूमा क्रमशः जमुना, सिता पौडेल, रत्ना श्रेष्ठ, ईला वि.क., किरण मिश्र, अम्बिका नेपाली, सिता पन्थी, सरु (सरस्वती नेपाली), बिनामाया नेपाली, शोभावती चमार, राममाया पुन र सोनी सिंह चयन हुनुभएको छ भने कार्यसमितिमा थप एक जना सदस्य पछि मनोनित गरिने जनाइएको छ।सम्मेलनको खुल्ला सत्रमा पार्टी जिल्ला कमिटी सदस्य सिता काफ्ले, विष्णु केसी, लक्ष्मी केसी, कृष्ण मल्ल ठकुरी तथा अनेमसंघ प्रदेश कमिटी सदस्य धिनु कुँवर, सरस्वती नेपाली, लता पोखरेल, कमला सुवेदी र प्रभा पौडेल लगायत विभिन्न वडा र क्षेत्रीय कमिटीका सक्रिय अगुवा महिला कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले अबिर र मालासहित खुसीयाली साटासाट गर्दै संस्थाको आगामी कार्ययोजना र उद्देश्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने संकल्प व्यक्त गरेका छन्।


divya collage
unigloble collage