विद्यार्थीलाई साइबर सुरक्षा, लागूऔषध र ट्राफिक नियमसम्बन्धी प्रशिक्षण
वि.सं.२०८३ साउन २६ मंगलवार १५:०१
shares

काठमाडौँ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रममार्फत विद्यार्थीहरूलाई साइबर सुरक्षा, लागूऔषध तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ।
प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास तथा सेवा समिति, सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–३१ तथा युनिग्लोब कलेजको संयुक्त आयोजनामा कालीमार्गस्थित Uniglobe College मा कार्यक्रम सम्पन्न भएको हो।
कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कलेजका शिक्षक तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूलाई साइबर अपराधबाट जोगिने उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, लागूऔषधको जोखिम तथा यसबाट पर्ने नकारात्मक प्रभाव, सडक सुरक्षा र ट्राफिक नियमको पालनालगायत विषयमा प्रशिक्षण दिइएको थियो।
विद्यार्थीहरूलाई विषयवस्तु सहज रूपमा बुझाउन विभिन्न सचेतनामूलक भिडियो तथा डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो। प्रशिक्षणमार्फत विद्यार्थीहरूमा साइबर सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्नुका साथै लागूऔषध दुव्र्यसनबाट टाढा रहन र ट्राफिक नियमको पालना गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ।






















