दोलखामा हाइड्रोको गाडी दुर्घटना : २ को मृत्यु,२० जना घाइते

4.39K
shares

चरिकोट । दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मजदुर चढेको गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने ५ जना सामान्य रहेको छ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाईड्रोको ब्युरो-११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस विगु गाउँपालिका-१, लामाबगरको नयाँबाटोमा शुक्रबार बिहान करिब ७ बजे दुर्घटना हुँदा २ जनाको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डीएसपी बासुदेव पाठकले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।

बस सडकबाट करिब २० मिटर तल गुल्टेको प्रहरीले जनाएको छ। सामान्य घाईतेमध्ये ५ जनाको सिंगटीमा र गम्भीर १५ जनालाई सदरमुकाम चरिकोटमा उपचारको लागि ल्याइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083