विप्लव समूह भन्छ : ‘प्रतिबन्धको औचित्य पुष्टि गर्न सरकारले आफैँ डायरी तयार पार्यो’

6.44K
shares

काठमाडौं । प्रतिवन्धित विप्लव समूहका नेताले नेपाल कम्युनिस्ट पार्टीले व्यक्ति हत्याको कुनै योजना नबनाएको बताएका छन् । नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजनाको खण्डन गरेका हुन्।

“दमनका लागि सरकारले तयार पारेको हतकण्डा हो,” कार्कीले भने, कुनै दल विशेष, त्यसको नेतृत्वलाई लक्षित गर्ने कार्यक्रम पार्टीको सोह्रै आना छैन। सरकारले प्रतिबन्धको औचित्य पुष्टि गर्न अराजनीतिक, संविधान विरोधी गतिविधि गरिरहेको बताउँदै त्यही गतिविधिलाई औचित्यपूर्ण बनाउन योजना बनाइएको उनको भनाइ थियो।

उनले नेकपाले व्यक्ति हत्याबारे पार्टीले सोच्दा पनि नसोच्ने बताए। त्यो केवल षड्यन्त्र हो। संविधान, ऐन कानुन विरोधी हर्कत हो, उनले भने, “प्रतिबन्धको औचित्य पुष्टि गर्न सरकारले आफैँ डायरी तयार पार्न लागेको छ। प्रचण्ड र केपी ओलीको हत्या गर्ने भनेर कुनचाहिँले डायरीमा लेखेर हिँड्छ ? हाम्रो पार्टीमा छैन।

उनले दलभित्र रहेका भ्रष्ट दलालहरू घुसखोरलाई जनकारवाही गर्ने लक्ष्य भने रहेको बताए। राष्ट्रिय सम्पत्ति दोहन गर्ने राष्ट्रिय सम्पत्ति हडप्ने, एनसेलको दोहन गर्ने, आयल निगम टाट पल्टाउने जनकारवाहीमा पर्छन्, उनले भने, “तर भौतिक कारवाही र व्यक्ति हत्याको कल्पना पनि गरेका छैनौँ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083