प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा रद्ध

7.09K
shares

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द भएको छ। सामाजिक सञ्जालबाट बुधबार राति प्रश्नपत्र सार्वजनिक भएपछि आज बिहीबारका लागि तय भएको परीक्षा रद्ध भएको हो।

बुधबार राति भाइबर, इमो, ह्वाट्एपलगायतका माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्ध गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए।

रद्ध भएको परीक्षा चैत २२ गते सञ्चालन गरिनेछ। प्रश्नपत्र बाहिरिएपछि बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले परीक्षा रद्ध गर्दै चैत २२ गते पुनः परीक्षा गर्ने निर्णय गरेको थियो।


unigloble collage
baneshwor multiple campus ad -2083