१२ आयोजनामा ‘एमओयु’ आज:अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र लगानीबारे छलफल हुँदै

6.54K
shares

काठमाडौँ। लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल गरिँदै छ। आज पूर्वाधार विकास, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र नेपालमा लगानीका बारेमा छलफल हुने जनाइएको छ।

छलफलपछि सरकारले १२ वटा विभिन्न आयोजनामा लगानी सम्झौता एमओयू समेत गर्नेछ। हिजो दिनभर पनि उद्घाटन सत्रपछि आयोजित प्लेनरी सत्रमा उर्जा, जलश्रोत मन्त्री तथा परराष्ट्रमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका थिए।

आज विदेशी लगाननीकर्ताद्वारा लगानी प्रस्ताव आएका १२ वटा आयोजनारपरियोजनामा एमओयू गरिँदै छ। यसपछि ती आयोजनाहरु सम्बन्धित लगानीकर्ताका लागि सरकारले‘रिजर्भ गर्नेछ। तमोर स्टोरेज हाइड्रोइलेक्ट्रिक र कालगण्डकी गोर्ज परियोजनामा चाइनिज कम्पनीले लगानीको लागि आवेदन दिने भएर रिजर्भ गर्न भएका छन्। यी दुवै आयोजनाको लागत अनुमान क्रमश १ अर्ब ६५ करोड र २६ करोड ९० लाख रहेको छ।

यसैगरी चाइनिज कम्पनी चाइना मेसिनरी इन्जिनियरिङले २६ करोड ५० लाख लागत अनुमान गरिएको सामाखुशी-टोखा-छहरे सडकको लगानी सम्झौता समेत हुने बताइएको छ। उता भारतीय कम्पनीले तल्लो अरुण जलविद्युतमा लगानीका लागि आवेदन दिने जनाइएको छ। यसको लागत अनुमान १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यी लगायत अन्य एक दर्जन लगानीकर्तासँग आजै एमआयू हुनेछ।

हिजोदेखि सुरु भएको लगानी सम्मेलनले ३० खर्ब भन्दा बढी रकम जुटाउने अठोट लिएको छ। यसका लागि सरकारले दुईदिनसम्म लगानीकर्ताहरुलाई सम्मेलनमा विश्वास लिने कसरत गरेको छ। कुल ७७ परियोजना तयार गरेर शोकेस गरिएको सम्मेलनमा ६०० भन्दा बढी विदेशीसहित एक हजार लगानीकर्ताको सहभागिता छ।

प्रधानमन्त्रीस्तरबाट सम्मेलनको पहिलो दिनको सुरुमै लगानीकर्ता सामु लगानी सुरक्षाको वाचा गरिएको थियो। लगानी बोर्डका अनुसार लगानी कुनै पनि परियोजनामा लगानी गर्ने इच्छा राख्ने लगानी कर्ताले लगानी बोर्डको वेबसाइडमा राखिएको अनलाइन फर्म भर्नु पर्नेछ। अनलाइन फर्मका लागि शुल्क १० हजार तोकिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083