तराईमा हावा-हुरी बारामा २६, पर्सामा १ जनाको मृत्यु, उद्धार जारी

7.19K
shares

काठमाडौं। हावा हुरीका कारण बारा र पर्सा जिल्लामा गरी २७ जनाको मृत्यु भएको छ। आइतबार साँझ आएको हावा हुरीले बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी होमबहादुर शाहीले बताए।

शाहीका अनुसार मृत्यु हुनेमा १५ महिला र ११ पुरुष रहेका छन्। मृतकको सनाखत हुन भने बाकी रहेको छ। रातिदेखि नै घाइतेको उद्दार जानरी भए पनि अस्पतालमा प्राप्त बेडहरू नहुँदा समस्या भएको छ। ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने शाहीले बताए। बारामा ४०० भन्दा बढी घाइते रहेको बताइएको। उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ।

पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरूको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083