नर्सिङ होमको लापरबाही: बच्चाकी आमाको पाठेघर नै गायब

4.12K
shares

विराटनगर। विराटनगरस्थित प्रतिष्ठित अस्पतालमा विराटनगर अस्पताल विराट नर्सिङ होममा सञ्चालित ल्याबले एक महिलाको पाठेघर नै नभएको रिपोर्ट दिएको छ। पेट दुःखेर अस्पताल पुगेकी बच्चाकी आमासमेत रहेकी उनको पाठेघर चेकजाँचका लागि परीक्षण गर्दा पाठेघर नै नभएको रिपोर्ट दिएको हो।

स्वास्थ्य उपचारका लागि प्याथोलोजी र रेडियोलोजी ल्याबको रिपोर्टलाई आधार मानिन्छ। अस्पतालको उक्त रिपोर्ट देखेपछि डाक्टर तीन छक्क परेका छन्। स्वास्थ्य परीक्षणका लागि मोरङको सुनवर्सी नगरपालिकाबाट आएकी रीता नाम परिवर्तनलाई ल्याबको गलत रिपोर्टले मानसिक तनाव सिर्जना गरेको बताएकी छ्। आइतबार उनले अस्पतालमा स्वास्थ्य जाँच गराइन्। चिकित्सकको सल्लाहअनुसार भिडियो एक्सरे गरिन्।

भिडिओ एक्स–रे को रिपोर्टमा उनको युटेरस ९पाठेघर० नभएको उल्लेख छ। रिपोर्टमा लेखिएकोे छ युटेरस इज नट सिन। पेट दुखिरहने समस्याका कारण अस्पताल पुगेकी उनी नयाँ समस्या देखाइएपछि झन् तनाबमा परिन्। रिपोर्ट हेर्ने चिकित्सकले भिडियो एक्स-रे मा पाठेघर नभएको उल्लेख भएको भन्दै पुनः अर्को ल्याबमा परीक्षण गराउन सिफारिस गरे। दोस्रो ल्यावबाट भने पाठेघर भएकै रिपोर्ट आयो। विराटनगर अस्पतालमा विराट इन्टरनेशनल रिफरेन्स ल्याव प्रालिले ल्याब सञ्चालन गर्दै आएको छ।

सो ल्याबको रिपोर्टमा पहिलो पटक मात्र त्रुटि आएको भने होइन। रगत परीक्षणको रिपोर्ट धेरै पटक गलत आउने गरेको स्वास्थ्यकर्मीकै भनाइ छ। ल्याबको रिपोर्ट गलत आउने मात्र होइन ल्यावले बिरामीहरुको ठगी पनि गर्दै आएको आरोप लागेको छ। ल्याबले एउटा एक्स–रे प्लेटमा दुईवटा एक्स-रे गर्दा दोब्बर रकम असुल्ने गरेको छ। एउटा प्लेटमा जतिसुकै एक्स-रे गरे पनि एउटाको मात्र शुल्क लिनुपर्ने सरोकारवालाहरु बताउँछन्।

ल्याबले गलत रिपोर्ट दिएको र ठगी गरेको विषयमा सञ्चालक सुशील तापडिया मानवीय त्रुटि भएको हुनसक्ने भन्दै पन्छिए। अहिलेसम्म रिपोर्ट गलत आएको भन्दै गुनासो नआएको दावी गरेका उनले पीडितसँग भने गल्ती स्वीकार गर्दै घटना सार्वजनिक नगरिदिन आग्रह गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083