सीपी गजुरेल पक्राउ
वि.सं.२०७६ पुस १३ आइतवार ११:०३
6.14K
shares
shares

काठमाडौं। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै पक्राउ परेका उक्त पार्टी अन्य नेता कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
सीमा मिचिएकोलगायत विषयलाई लिएर आन्दोलन गर्ने क्रममा गजुरेललगायतको समूहले प्रहरीमाथि पनि ढुंगामुढा गरेको छ । ढुंगामुढा गर्दा एक जना प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक सामान्य घाइते भएको सुवेदीले बताए ।




























