रोनाल्डोको ईच्छा हलिउड चलचित्र बनाउने

6.45K
shares

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले विश्वकप उपाधि बाहेकका सबै उपाधि हात पारिसकेका छन् । पाँचपटकका बालुन डि’ओर विजेता रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन् ।

रोनाल्डोले विभिन्न तीन लिगका उपाधि हात पारेका छन्। म्यानचेस्टर युनाइेटडमा हुँदा रोनाल्डोले प्रिमियर लिग हात पारे । रियल मड्रिडमा हुँदा ला लिगा तथा युभेन्ट्सबाट सिरि ए उपाधिका साथै क्लब विश्वकप, युरोकप लगायतका उपाधि रोनाल्डोले हात पारिसकेका छन् ।

‘मैले जीवनमा सबै उपाधि र अवार्ड प्राप्त गरिसकेँ । अब मैले कसैलाई म स्टार खेलाडी भनेर प्रमाणित गरिरहनु पर्छजस्तो लाग्दैन ।’ ग्लोबल सक्कर इभेन्टमा रोनाल्डोले भने,‘यो संयोग होला मैले जहाँबाट खेले सबै स्थानमा जिते ।’

रोनाल्डो भन्छन्,‘च्याम्पियन्स लिग जित्नुले मलाई त्यति खुशी तुल्याउँदैन तर म यो फेरि जित्न चाहन्छु । तर फुटबल भन्दा पछाडि पनि जीवन छ ।’रोनाल्डोले आफूले नयाँ जीवनको लागि आफूलाई तयार गरिरहेको बताउँदै आफूलाई अंग्रेजी सुधार गर्ने र हलिउड चलचित्र निर्माण गर्ने इच्छा भएको पनि बताए ।

उनले भने,‘मैले जीवनमा सँधै नयाँ कुरा सिक्ने प्रयास गरे । आफूलाई अभ्यास गराए । म जीवनमा नयाँ विषयमा भाग लिन चाहन्छु । म मेरो अंग्रेजी सुधार गर्न चाहन्छु र मेरो हलिउड चलचित्र बनाउने इच्छा पनि छ ।’ मार्का


divya collage
unigloble collage