मच्छिन्द्र लिगको शीर्ष स्थानमा

6.2K
shares

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत चौथो चरणको पहिलो खेलमा मच्छिन्द्र क्लब न्युरोड टिम एनआरटीलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मच्छिन्द्र एनआरटीलाई १-० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । मच्छिन्द्रको जीतमा विदेशी खेलाडी एडिलाजा सोमिडेले निर्णायक गोल गरे ।

उनले खेलको ९० औँ मिनेटमा विजय धिमालको पासमा हेड गोल गरेका थिए । मच्छिन्द्रले चार खेलमा ९ अङ्क जोडेको छ । समान ९ अङ्क नै जोडेको मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083