बालअधिकार राष्ट्रिय गौरवको योजनामा सूचीकृत हुन्छ : मन्त्री गुरुङ

Nepal Life Insurance Long Ad

काठमाडौं । बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा सहभागी वक्ताले दिगो विकासका लक्ष्य पूरा गर्न, बालबालिकालाई सिर्जनशील र सुसंस्कृत बनाउन कार्ययोजना आवश्यक रहेको धारणा राखेका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बालबालिकाको अधिकारका विषयलाई राष्ट्रिय गौरवको योजनामा सूचीकृत गर्न प्रयास भइरहेको बताए । उनले फरक फरक भूगोल र वर्गभएका बालबालिकाको समस्यालाई एउटै नियमले सम्बोधन गर्न नसकिने उल्लेख गर्दै कार्ययोजना बनाउँदा सम्बन्धित प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले संविधानको भावना अनुसार बालमैत्री समाजको विकास हुँदै गएको र राष्ट्रिय बाल अधिकार परिषद् सञ्चालन गर्न ऐन संशोधनका साथै नियमावली जारी गर्नुपर्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुरले भविष्यमा सक्षम नागरिक उत्पादन हुने अपेक्षाका साथ सरकारले बालबालिकाका क्षेत्रमा लगानी गरेको बताए । मानव अधिकारकर्मी गौरी प्रधानले १५औं पञ्चवर्षीय योजना, दिगो विकास रणनीतिमा समेत बालबालिकाका सबै खाले समस्यालाई सम्बोधन हुने विषय समेट्न नसकिएकामा चिन्ता व्यक्त गर्दै समृद्धि हासिल गर्न दक्ष जनशक्तिको खाँचो हुने बताए ।

राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेतीले स्थानीय तह र प्रदेश सरकारले बालबालिकाको अधिकार संरक्षण गर्न आवश्यक उपाय अवलम्बन गर्न नसकेको विचार व्यक्त गरेका छन् । बाल क्लबमा आबद्ध ९ कक्षामा अध्ययनरत सुमित्रा अर्यालले लोकतान्त्रिक प्रणालीमा पनि बालबालिकामाथि हुने श्रम शोषण, हिंसा, बलत्कारका घटना न्यूनीकरण हुन नसकेको धारणा राखेका छन् ।

सिविन नेपालका प्रमुख कार्यकारी अधिकृत सुम्निामा तुलाधरले बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणका क्रममा रहेकाले सरोकार पक्षको सुझाव सङ्कलन गर्न कार्यक्रम गरिएको जानकारी दिए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...