कास्मिरमा सैनिक भिडन्तमा गोरखाका अर्जुन थापामगरको मृत्यु

२०७६ पुस १७ बिहीवार
1.8K
shares
काठमाडौं । कास्मिरको लाइन अफ कन्ट्रोल एलओसीमा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ । मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन् । उनी गोरखाको विकट रिप गाउँका रहेको प्राप्त समाचारमा जनाइएको छ ।
बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी भएपछि दुई सैनिकको मृत्यु भएको थियो । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दलाई उद्धृत गर्दै दैनिक डेकन हेराल्डले नेपाली नागरिक मारिएको पुष्टि गरेको छ ।
सेना कास्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए । पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा आतंकवादी छिर्न थालेको भन्दै खोजीतलासीको अपरेसन सुरू गरिएको थियो।

२०७६ पुस १७ बिहीवार