प्रिमियर लिगमा आर्सनलको जित

8.72K
shares

एजेन्सी । आर्सनलले प्रिमियर लिगमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेमला आर्सनललाई जित दिलाउन निकोलस पेपे र सोकिर्टिसले एक–एक गोल गरे । आर्सनलले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको आठौं मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ४२ औँ मिनेटमा सोकिर्टिले गोल गर्दै आर्सनललाई जित दिलाए । जितसँगै आर्सनल २१ खेलबाट २७ अंक सहित तालिकाको १० औँ स्थानमा छ । पराजित युनाइटेड ३१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083