बसभित्र हस्तमैथुन प्रकरणः फरार रबिन सार्की चितवनबाट पक्राउ

Nepal Life Insurance Long Ad

काठमाडौं । गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा खुलेको छ । सात महिनाअघि मात्रै नेपाल फर्किएका रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो ।

भरतपुर महानगरपालिका-२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएका छन् । साथै, उक्त भिडियो उनी आफैंले खिचेको पनि बयानमा उल्लेख गरेका छन् । बिगत ३ वर्षदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्दै आएका थिए ।

एसएसपी थापाका अनुसार घटना लगत्तै भारत भागेका रबिनले दिल्लीमा रहेको एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका र त्यहाँबाट भारतकै कास्मिर गई त्यहाँ पनि ४ महिना बसेर पुनः दिल्ली गई ३÷४ महिना अगाडि मात्रै दिल्लीबाट चितवन आएका थिए ।


राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

राजनीति नेतृत्वले युवामा जन्माएको वितृष्णा !

२०८२ असार २ सोमवार

समस्या यो व्यवस्थामा होइन, नेता र सरकारमा छ । अहिलेको वितृष्णा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी ईश्वर कार्कीद्वारा प्रहरी कार्यालय इलामको निरीक्षण

२०८२ जेठ २९ बिहीवार

 ईलाम। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख  प्रहरी नायब महानिरीक्षक (डीआईजी)...

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा उद्वार अनुशिक्षण तालिमकाे समुद्वघाटन

२०८२ जेठ २८ बुधवार

काठमाडौ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर...

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

२०८२ जेठ २८ बुधवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ...

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा विपद्का घटना उद्रार कार्यक्रमकाे बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेठ २६ सोमवार

काठमाडौ । विपद् लगायत विपद्का घटनाको उद्रार एबं व्यवस्थापन कार्यक्रमको...