गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द

Nepal Life Insurance Long Ad

अर्घाखाँची । 

अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।

सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

अत्यधिक घुम्ती र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रुपमा परिचित छ । दोहोरो यातायात आवतजावत गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको यो सडकखण्डको मध्यभागदेखि १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले आग्रह गरेको छ ।

वैकल्पिक मार्गका रुपमा सन्धिखर्क–सालझण्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनि बैठकले निर्णय गरेकोे छ ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...