गुण्डा नाइके राधे भण्डारी पक्राउ
वि.सं.२०७७ असोज २३ शुक्रवार ०९:५८
shares

काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेको भन्दै जनप्रतिधिले उनलाई रोक्न भनेका थिए ।
गाउँपालिका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जनाइएको छ ।
यद्धपी भण्डारीले गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलको काठमाडौंमा बनिरहेको घरमा निशुल्क रुपमा बालुवा गिटि उपलब्ध गराउँदै आएका थिए ।
स्रोतका अनुसार उनीबाट बालुवा लिने जनप्रतिनिधिले उनलाई धम्की दिँदै आएको आरोप छ ।
भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् ।
तीन वर्षअघि धादिङवेशीको शान्तबजार चोकमा राधेले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटेका थिए । ०७० असार २१ मा धादिङबाट काठमाडौँ आउँदै गर्दा चरीलाई गोली हानेपछि राधे चर्चामा आए ।
सो घटनामा राधे डेढ लाख धरौटीमा छुटे ।
०७१ साउन २१ मा चरी भीमढुंगामा प्रहरीको इन्काउन्टरमा चरी मारिएपछि धादिङको गुण्डागर्दीमा राधे समूहले पकड राख्दै आएका छन् ।














