दियालोकै भरमा उज्यालो

11.36K
shares

सिमकोट । सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ र नाम्खा गाउँपालिकाको खगालगाउँका दुई गाउँबीच उज्यालोको लागि भन्दै सम्झौता भएको १५ वर्ष बितेको छ । दुई गाउँका २ सय ५० घरधुरीलाई उज्यालोको लागि २८ किलोवाट क्षमता भएको “छिउलोङलो लघु जलविद्युत्” निर्माण गरेको भए पनि ठेकेदार कम्पनीले प्राविधिकको टोली नपठाउँदा स्थानीयवासीको बत्ती बाल्ने सपना सपनामै सीमित रहेको छ ।

गाउँमा बत्ती नबलेपछि त्यहाँका स्थानीयवासी पुरानै सल्लाको (झरो) अर्थात दियो बालेर दैनिकी चलाउन बाध्य रहेको स्थानीय दन्त सिंहले गुनासो गरे । सिंह भन्छन्, “सम्झौता भएको केही वर्ष उपभोक्ता समितिले लापर्वाही गर्यो, अहिले गाउँमा विद्युत् पुर्‍याउने जिम्मा लिएको कृष्ण ग्रिल उद्योग कम्पनी विराटनगरले कुनै वास्ता गरेको छैन् ।”

उनले भने, “२०७२/७३ सालमा निर्माण कार्य सम्पन्न भएर पावर हाउस निर्माण भयो, पावर हाउसमै बत्ती बलेको एक वर्ष बित्यो, सामग्री सबै छ, गाउँमा पोल पुगेका छन् तर ठेकेदार कम्पनीले प्राविधिक टोली नपठाउँदा गाउँमा बत्ती बाल्न नसकिएको हो ।” पावर हाउसदेखि गाउँसम्म राखिएका विद्युत‍्का पोल कतै ढलेका छन् भने कतिपय पोलमा खिया लागेको सिंहले बताए । उपभोक्ता समितिका अध्यक्ष दलबहादुर शाहीले ढुवानी समस्या र कोरोना कहरको कारण देखाउँदै ठेकेदार कम्पनीले प्राविधिक टोली पठाउन नसकेको जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८० लाख र स्थानीय स्रोतसाधन गरेर रु एक करोड बढी लगानी उक्त लघुजलविद्युत् निर्माण भएको सिंहले जानकारी दिए ।


divya collage
unigloble collage