काठ ठेक्कापट्टा गर्ने प्रेम आले बने वनमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेका छन् । ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ राज्यमन्त्री हटाएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा सडक आन्दोलन भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । थपिएका ९ जनामा ५ जना पूर्वमाओवादी पृष्ठभूमिबाट ओली समूहमा लागेका नेताहरू छन् । अन्य ४ जना पूर्वएमाले हुन् ।

पूर्वएमाले समूहबाटै मन्त्री बनेका चारै जना नयाँ हुन् । वनमन्त्री बनेका प्रेम आले सुरुमा माधव नेपालनिकट मानिन्थे ।

ओलीको पहिलो मन्त्रिपरिषद् गठनका बेला नेपाल समूहबाट उनको पनि नाम चर्चामा थियो । तर पछि नेपालले अरूकै नाम पठाएपछि असन्तुष्ट बनेका उनी विस्तारै ओलीनिकट भएका थिए । विभाजनका बेला उनले ओलीलाई साथ दिए । त्यसबापत उनले मन्त्री पद पाएका छन् ।वनमन्त्री आले आफैं काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति हुन् ।

सांसद आलेमगर डोटीका चर्चित काठ ब्यवसायी थिए ।

संविधानसभा निर्वाचनमा डोटी क्षेत्र नं.२ बाट उम्मेदवार बनेपछि अप्रत्यक्ष रुपमा काठ व्यवसाय गर्दै आएका थिए ।

त्यसपछि काठ कटानी खोल्न दवाव दिने, आफूलाई आर्थिक सहयोग गर्नेहरुलाई ठेक्का मिलाउन सेटिङ मिलाउने र काठ ब्यवसायीसँग कमिशन असुल्ने कार्यमा रहेको रहेको बताइन्छ ।

ठगुन्ना दार्चुलाका नेता हुन् ।

उनी दार्चुलामा बसेर कालापानीको मुद्दा उठाइरहन्छन् । त्यस्तै बर्दियाकी विक समानुपातिक सांसद थिइन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् ।

११ पुस २०७७, शनिवार १४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु