जब अनेरास्ववियूले आन्दोलन शुरु गर्छ, तब सत्ताका शासकहरु ढल्छन् : प्रसुन कार्की

9.97K
shares

दोलखा । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जननिर्वाचित संसद विघटन गरेपछि सत्तारुढ नेकपा भित्र देखिएको विवाद जिल्ला जिल्ला पुगेको छ । यतिबेला प्रचण्ड-माधब नेपाल लगायतका नेता सडक मै बसेर प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका विरुद्ध नारा लगाएका छन् । अनेरास्ववियूको केन्द्रिय सर्कुलर बमोजिम देश भरी नै ओली बिरुद्ध बिरोध प्रर्दशन भई रहेको छ । त्यसै क्रममा अनेरास्ववियू दोलखाले पनि जिल्ला सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ ।

उक्त बिरोध सभा कार्यक्रमलाई कोणसभा गर्दै अनेरास्ववियूका नेता प्रसुन कार्कीले प्रतिगमन विरुद्धको आन्दोलन जारि रहने बताए । ‘संसद विघटन गरेर प्रधानमन्त्री ओलीले ठुलो गल्ती गर्नु भएको छ, केपी ओलीले आफुलाई एउटा राजा सम्झनु भयो उहाले आफुलाई राजा सम्झेर आफै सक्कीने बाटो अपनाउनु भयो, ओलीको सत्ता दम्भ घमण्ड यो लामो समय टिक्दैन क्षणिक मात्र हो नेता कार्कीले भने ।’

अनेरास्ववियूले आन्दोलन गरे पछि त्यसलाई सफल नपारी नफर्कने बताउँदै नेता कार्कीले भने, ‘जब अनेरास्ववियूले आन्दोलन गर्छ । त्यसलाई सफल नपारी फर्कंदैन त्यसको उदाहरण आज हो । केपी ओलीलाई चुनौती दिएर भन्न चाहन्छौं । जबसम्म संसद विघटनको निर्णय फिर्ता हुँदैन, त्यसलाई सच्याईंदैन, तबसम्म हाम्रो आन्दोलन निरन्तर भई रहन्छ, आज हामीले गरेको आन्दोलन त एउटा उदाहरणमा मात्रै हो ।’

विरोध प्रदर्शनमा केन्द्रिय नेता प्रसुन कार्की, जिल्ला संयोजक रोशन खड्का, जिल्ला पार्टीका नेताहरु सालिकराम उप्रेती, विकास फुयाल, भरत रोन श्रेष्ठ, प्रविन बस्नेत लगायत सहभागी थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083