बालिका खड्काको मुद्दामा आज थुनछेक बहस
वि.सं.२०७८ वैशाख १९ आइतवार १२:५२
shares

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी बालिका खड्काको मुद्दामा आज आइतबार थुनछेक बहस हुँदैछ ।
जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने सरकारी वकिल कार्यालयले जनाएकाे हाे ।
वैशाख ९ मा नेकपा एमालेको मुख्यालय थापाथलीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मुख्यालय निरीक्षण गर्न जाँदा बालिकाले मुख्यमन्त्री राईलाई गाली गरेकी थिइन् ।
मुख्यमन्त्री शेरधन राईले आफुलाई बिचल्ली बनाएको उनको आरोप छ ।
अभद्र व्यवहार मुद्दामा प्रहरीले यसअघि पनि उनीमाथि अनुसन्धान गरेको थियो ।
पटके आरोपी भएको हुनाले उनको मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको हो ।
अभद्र व्यवहार मुद्दामा पहिलो पटक पक्राउ गरिएका आरोपीको मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ ।
सो मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना हुने कानुनी व्यवस्था छ ।































