लुम्बिनीमा शंकर पोखरेलको बहुमत गुम्यो, विमला माओवादीमा प्रवेश
वि.सं.२०७८ वैशाख १९ आइतवार १४:०८
15.02K
shares
shares

लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छन्।
नेकपाबाट चुनाव लडेकी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्।
उनले दल परिवर्तन गरेको पत्र आएको र पत्र दर्ता भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
खत्री माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।
पोखरेलले आइतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
बहुमत प्राप्त दलको हैसियतमा नयाँ सरकार पनि पोखरेलकै नेतृत्वमा गठन गर्ने निर्णय एमालेले गरेको थियो। तर खत्री माओवादीमा प्रवेश गरेसँगै एमालेको बहुमत गुमेको हो।

















