विश्व प्रेस काउन्सिलद्धारा नवनियुक्त अध्यक्ष बस्नेतलाई स्वागत सहित शुभकामना

Nepal Life Insurance Long Ad

सम्झना पौडेल

काठमाडौ । विश्व प्रेस काउन्सिल (World Association Of Press Council ) ले आफ्नो सदस्य राष्ट्र प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई स्वागत गरेको छ । आज भएको भर्चुअल छलफलमा विश्व प्रेस काउन्सिलका अध्यक्ष डा.सुले अकर (Sule Aker) ले काउन्सिलका अध्यक्ष बस्नेतलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना दिनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ विश्व प्रेस काउन्सिल रहेको भन्दै सन् १९८९ को क्वालालाम्पुर घोषणापत्रमा सो कुरा उल्लेख भएको स्मरण गराउनु भयो ।

संस्थापक राष्ट्रहरू नेपाल, टर्की, भारत, अजरबैजान लगायतले घोषणापत्रमा उल्लेख भएको कुरालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष बस्नेतले (WAPC) ले आफूलाई सम्झेकोमा धन्यवाद् दिनुभयो । कोरोना महामारीमा सबै राष्ट्र प्रभावित भएको भन्दै सबैको साथ, सहयोग र सहकार्यबाट नै आचारसंहितको पूर्ण पालना हुने बताउनु भयो । कोरोना महामारीबाट विश्वभरका पत्रकार र सञ्चारक्षेत्र नराम्ररी प्रभावित बनेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै अध्यक्ष बस्नेतले महामारीमा अखबार, म्यागजिन, पत्रिका, टिभी च्यानल, अनलाइन र अन्य डिजिटल मिडियाले प्रकाशन÷प्रसारणमा असर परेको उल्लेख गर्नुभयो ।

काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष एवं (WAPC) का महासचिव किशोर श्रेष्ठले नेपालमा कोरोनाबाट सात सयभन्दा बढी पत्रकार प्रभावित बनेको बताउनु भयो । उहाँले दुइ दर्जन भन्दा बढी पत्रकारले ज्यान गुमाउनुपरेकोमा दुःख व्यक्त गर्नुभयो । महासचिव श्रेष्ठले भाइरस विरूद्ध एक भएर लड्न आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालन भारतीय प्रेस काउन्सिलका सदस्य सिके नायकले गर्नु भएको थियो ।

२८ जेठ २०७८, शुक्रवार १८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु