मोरङमा वर्षा र बाढीले ४१ करोडको क्षति

Nepal Life Insurance Long Ad

मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन हजार २५० मिटर कटान गरी रुआठ करोड २५ लाख,चिस्याङ खोलामा तीन १५ मिटर कटान गरी रु१२ करोड ६ लाख र दसबरहा नदीमा एक हजार ११० मिटर कटान गरी रु चार करोड ४४ लाख बराबरको क्षति भएको आयोजना प्रमुख कैलाश श्रेष्ठले जानकारी दिए ।यी नदीमा समयमै नियन्त्रण र तटबन्धको काम भएन भने आउने वर्षा एवं मनसुनको समयमा थप जनधनको क्षति भई नदी क्षेत्र र आसपासका बासिन्दाले नोक्सानी व्यहोर्नुपर्ने श्रेष्ठले बताए । कोशीसहित पाँचनदी व्यवस्थापनका लागि स्थापना गरिएको उक्त आयोजनाले प्रारम्भदेखि नै अध्ययन गरी काम गर्दै आएको थियो । काम गर्न पर्याप्त बजेट अभाव भएको आयोजनाका इञ्जीनियर कृष्ण खतिवडाले बताए । यसैगरी चालु आवका लागि बक्राहामा ६ स्थानमा रुचार करोड ६६ लाख ६६ हजार, चिस्याङखोलामा एक स्थानमा रुएक करोड एक लाख चार हजार, लोहन्दा नदीमा एक स्थानमा रु५० लाख ९७ हजार र दंसबक्राहा नदीमा रु८३ लाख ३९ हजार बराबरको नदी नियन्त्रण एवं व्यवस्थापनको काम भइरहेको खतिवडाले जानकारी दिए ।

१६ कात्तिक २०७८, मंगलवार १८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु