कोशी खारेजीको माग राख्दै आन्दोलन : किरात राई यायोख्खाका अध्यक्षसहित ३० जना पक्राउ

4.36K
shares

विराटनगर । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो। राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।

शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083