रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस
वि.सं.२०८० जेठ १४ आइतवार १२:१३
4.69K
shares
shares

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी लगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार चौधरीलाई आममाफी दिनेछन्।






























