‘दमनले न्यायपुर्ण आवाज रोकिएको इतिहास कम नै छ’ : नेता तामाङ

5.06K
shares

काठमाडौ । नेकपा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले दमनले न्यायपुर्ण आवाज रोकिएको इतिहास कम नै रहेकाे बताएका छन् ।

नेता तामाङले मुक्ति खबर अनलाईनसँग कुरा गर्दै भने, ‘आदिम सभ्यताको बिरोध असहिष्णु र अहंकार हो, प्रदेशको नाम सँग असहमत सँग दमनको भाषा होईन, समाधान र सह अस्तित्वको हात बढाऊन अावश्यक रहेकाे छ’ ।

उनले भने ,’जनताको जनबिद्रोह चुकेको कम छ, पहिचान सहितको प्रदेश नामांकन नै आदिम सभ्यताको सम्मान हो’ ।

प्राय : दैनिक जसाे काेसि प्रदेशमा अान्दाेलन चर्चि रहेकाे छ। गत शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गरेका थिए । अान्दोलनमा केही जनता घाईते भएका छन्, भने केहिकाे स्वास्थ अवस्था ज्यादै दयनिय अवस्थामा समेत पुगेकाे छ।

कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै जनता आन्दोलनमा उत्रिएका पछि नेता तामाङले यस्ताे बताएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083