महोत्तरीमा दिउँसै एनएमबि बैंकबाट ३५ लाख लुटपाट
वि.सं.२०८० जेठ १६ मंगलवार १४:५५
4.64K
shares
shares

जनकपुरधाम । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ ।
मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका- २ स्थित एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले ३५ लाख रुपैयाँ लुटपाट गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।
प्रहरीका अनुसार चार जना हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । लुटेराको खोजी गरिरहेको प्रहरीले जनाएकाे छ ।




















