नेप्सेमा दोहोरो अंकको गिरावट

4.32K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको मंगलबार  दोहोरो अंकले घटेको छ। आज नेप्से २६.५६ अंकले घटेर दुई हजार ६४ दशमलब ८३ विन्दुमा बन्द भएको छ । सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज चार अर्ब ११ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ७४ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटाको शेयरमूल्य स्थिर रहेको छ ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल, पीविडब्लु वित्तीय संस्था, इन्वा हाइड्रो पावरको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज सबै भन्दा बढी नेपाल पूर्वाधार विकास बैंकको शेयरको कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


divya collage
unigloble collage