राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै, मुटुमा पेसमेकर राखियो

4.89K
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिए ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मंगलबार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो ।

मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए । पौडेलको मुटुको दाहिनेतर्फ एउटा नशा ७० प्रतिशत बन्द भएपछि एन्जिओप्लास्टी गरेर मुटुको नशा खुलाइएको थियो ।

पेसमेकर एउटा सानो विद्युतीय उपकरण हो । जुन छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा। हरिहर खनालका अनुसार मुटुको चाल कम हुँदा पेसमेकरको प्रयोग गरिन्छ । जसले मुटुको धड्कनलाई व्यवस्थापन गर्छ ।

‘मुटुले चाल कम भएपछि शल्यक्रिया गरेर ब्याट्री राखिन्छ । जुन देब्रे छातीको मुनिको भागमा राखिन्छ । त्यसबाट तार लगेर मुटुमा जोडिन्छ । मुटु चाल कम भएको बेला त्यही तारले धड्कन दिएर मुटु चल्छ,’ डा. खनालले भने । तर, पेसमेकरले मुटुलाई विद्युतीय झट्का भने दिँदैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083