आगलागीमा परी सिमकोटमा एक जनाको मृत्यु

4.98K
shares

सिमकोट । मिनरल वाटरको बोतलमा रहेको पेट्रोल टुकीमा खन्याउने क्रममा आगलागी हुँदा सिमकोटमा एक जना युवक घाइते भएका छन् । घरमा उज्यालो पार्न टुकीमा पेट्रोल खन्याउने क्रममा बुधबार राति ८ बजे नजिकै रहेको भान्साको आगोले टिप्दा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका–३ को राया गाउँका ३४ वर्षीया मेघनाथ टमटा टुकीमा पेट्रोल हाल्ने क्रममा भान्साको चुलोबाट सल्केको आगोले पेटको भाग, अनुहार, दुबै हातको नाडी, वायाँ खुट्टामा पोलिन गई घाइते भएका छन् ।

आगोले जलेर घाइते भएका टमटालाई बिहीबार बिहान साढे तीन बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083