काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ज्ञवाली निरीक्षणमा (तस्वीरमा हेर्नुहोस्)

6.72K
shares

काठमाण्डौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीद्वारा आज काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ को निरिक्षण गर्नु भएको छ । साथै काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको समेत निरीक्षण गर्नु भएको हो ।

निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन सक्ने हुँदा सदैव तयार रहन निर्देशन दिनु भएको थिए ।

May be an image of 4 people and clarinet

भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु हुदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताएका थिए।

निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीकोबारे जानकारी समेत लिनु भएको थियो ।

May be an image of 9 people and text

May be an image of 3 people

May be an image of 6 peopleMay be an image of 9 people and text

May be an image of 6 people

May be an image of 4 people and clarinet


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083