डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु

8.27K
shares

पाल्पा । डेंगु संक्रमणबाट पाल्पामा सोमबार थप एक जनाको निधन भएको छ। ज्यान गुमाउनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचार उनको मृत्यु भएको बताइएको छ। असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएकोमा उनलाई डेंगुका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

डेंगु संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो।