मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
वि.सं.२०८० मंसिर २३ शनिवार १८:०७
5.29K
shares
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । आज कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवा भन्ज्याङ यात्रा अभियान कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित उक्त कार्यक्रममा कार्यक्रम स्थल, आवागमन मार्ग लगायतका स्थानहरुमा प्रहरी परिचालन गरी कुनै अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै त्यस्ता अवान्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिनु भएको छ ।

साथै जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्था र उक्त कार्यक्रम अवधिभर मिलाएको समग्र सुरक्षा अवस्थाको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।
































