लुम्बिनीको पर्यटन विकास बारे चीनिया विज्ञहरूसग उपाध्यक्ष डा.लामाले लिए परामर्श

7.01K
shares

लुम्बिनी। चाइनिज एकेडेमी अफ साइन्सेस (CAS) का विज्ञहरू सग माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनीको पर्यटन विकास, पर्यटन उद्योग शृङ्खलाका लागि आवश्यक सूचना प्रविधि साथै तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सूचीकरण र संरक्षण व्यवस्थापन विषयमा छलफल गरेका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराजा शाक्य सहितको उपस्तिथि रहेको उक्त भेट्मा उपाध्यक्ष डा.लामाले चिनिया विज्ञहरु फ्याङ हान, जुन लेई, फ्याङ हान, कुइरोङ वाङ पेङ झेङ, रुइइङ झाङ, जिङ वाङ सुई ये जीक्युङ ली लगायत सग छलफल गरेका हुन् ।

उनीहरू भौगोलिक विज्ञान र प्राकृतिक संसाधन अनुसन्धान संस्थानका प्रोफेसर, चिनियाँ विज्ञान एकेडेमी, सिनजियाङ पर्यटन अनुसन्धान एकेडेमीका निर्देशक, अन्तर्राष्ट्रिय क्षेत्रीय विज्ञान संघ चीन शाखाका कार्यकारी निर्देशक, विश्व सम्पदा विशेषज्ञ समिति र राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनका अधिकारी हुन् ।

लसिन्जियाङ पर्यटन अनुसन्धान एकेडेमी डिसेम्बर सन् २०१२ मा स्थापना भएको हो। सिन्जियांग उइगुर स्वायत्त क्षेत्रको संस्कृति र पर्यटन विभाग र सीएएसको सिन्जियाङ इन्स्टिच्युट अफ इकोलोजी एण्ड भूगोलले संयुक्त रूपमा निर्माण गरेको थियो। यस संस्थानले स्थानीय पर्यटन उद्योग विकास रणनीति, सबै तहमा पर्यटन योजना, सम्पूर्ण पर्यटन उद्योग शृङ्खलाका लागि सूचना प्रविधि, विश्व सम्पदा घोषणा र संरक्षण व्यवस्थापन, र राष्ट्रिय निकुञ्जहरूको मूल्याङ्कन र संस्थागत संयन्त्रहरूमा अनुसन्धान गर्दै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083