प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा शिलान्यास कार्यक्रम सम्पन्न

4.91K
shares

काठमाण्डौ । प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीले करीव चार करोड रुपैयाको पुर्वानुमान गरी प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको लागि भवन निर्माण गर्न लागिएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निर्माण हुन लागेका भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पूर्ण गोंगबुँ तथा टोखा नगरपालिकाबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै नयाँ निर्माण हुने भवनहरूले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्दै आधुनिक युगमा आधुनिक प्रविधिको प्रयोग गर्दै समाजमा सुशासन कायम गर्न उपत्यका प्रहरी कतिवद्व रहेको बताउनुभयो । साथै गोंगबुँ नयाँ बषपार्क जस्तो संबेदनशिल स्थानमा प्रहरी प्रभाग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणले आपराधिक गतिविधि विरुद्व प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँ संस्थाका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र वहादुर खत्री, टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेर वहादुर बि.सी.,प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री,प्रहरी प्रभाग गोंगबुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत  १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083